राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०७।२७ गते ।
---------------------------------------------

राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रही सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सिमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झाले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने भनी सेवाग्राहीबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजलाई रु. ५,०००।–(पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित, मल्हनियाँबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download