ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०३ गते ।
------------------------------------------
ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनले सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर महेन्द्र महर्जनलाई सेवाग्राहीसँग रु.१०,०००।–(दस हजार) घुस/रिसवत वापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release