साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झासमेत ३ जना उपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०४ गते
------------------------------------------ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरको गोदाममा राखेको रु.१९,०७,३५०।- (उन्नाईस लाख सात हजार तीन सय पचास) बराबरको रासायनिक मल भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राई, असिस्टेण्ट खगेन्द्र बस्नेत र कर्पोरेसनका उच्च तहका हाकिम समेतको मिलेमतोमा हिनामिना भएको सम्बन्धमा कर्पोरेशनको केन्द्रीय कार्यालयबाट छानबिन भइरहेको र केन्द्रीय कार्यालयले भण्डार प्रमुख दिलचन्द्र राईलाई निलम्बन गरेको भन्ने समेत व्यहोरा उपर अनुसन्धान हुँदा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अंचल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झाले कार्यालय प्रमुख जस्तो जिम्मेवार पदमा कार्यरत रहँदा कार्यालयका गोदामहरुमा भएको रकम रु. १९,०७,३५०।- (उन्नाइस लाख सात हजार तीन सय पचास) बराबरको रासायनिक मल अनियमित तरिकाले गोदामबाट विक्री वितरण गरिंदा समेत जिम्मेवारी वहन नगरेको, तत्कालीन प्रमुख सहायक दिलचन्द्र राईले आफ्नो जिम्मामा रहेका रासायनिक मलहरु जिन्सी कितावमा आम्दानी देखाई अनियमित तरिकाले विक्री वितरण गरेको र तत्कालीन जुनियर सहायक खगेन्द्र वस्नेतले समेतले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने वदनियतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा विगो रु. १९,०७,३५०।- (उन्नाईस लाख सात हजार तीन सय पचास) कायम गरी निज प्रतिवादीहरु नविनचन्द्र झा, दिलचन्द्र राई र खगेन्द्र बस्नेत समेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिमको सजाय गरी हिनामिना हानि नोक्सानी भएको विगो रु. १९,०७,३५०।- (उन्नाइस लाख सात हजार तीन सय पचास) ऐ. ऐनको दफा १७ वमोजिम असुल उपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10