नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारामा कार्यरत ईलेक्ट्रिक हेल्पर (तह २) राजदेव महतो कोइरी घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०५ गते ।
-------------------------------------------

नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारामा कार्यरत ईलेक्ट्रिक हेल्पर (तह २) राजदेव महतो कोइरीले नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज राजदेव महतो कोइरीलाई रु.९,०००।–(नौ हजार) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित, चिया पसलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download