जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह घुस/रिसवत सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१३ गते ।
-------------------------------------------
जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहले जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी उजुरी परेको र सो मिलाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक रामकिशोर साहलाई घुस/रिसवत वापतको रू.९०,०००/- (नब्बे हजार) रकम लिइसकेको अवस्थामा उक्त रकम सहित धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ८ स्थित होटल सीता प्यालेसबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release