सर्वोच्च अदालत काठमाडौंका नायव सुव्बा सुधिरकुमार खड्का उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१७ गते ।
-------------------------------------------

सर्वोच्च अदालत काठमाडौंका नायव सुव्बा सुधिरकुमार खड्काले भ्रष्टाचार मुद्दाको बकपत्र हुँदाको विषयलाई लिएर विशेष अदालत काठमाडौको कैफियत प्रतिवेदनको आधारमा देबजंग शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेकोमा विशेष अदालत काठमाडौंको आदेश बिरुद्ध सर्वोच्च अदालतमा ०७६-RE-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी घुस/रिसवत माग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सर्वोच्च अदालत काठमाडौंमा कार्यरत तत्कालीन नायव सुव्बा सुधिरकुमार खड्काले आफ्नो पदीय आचरण विपरितको कार्य गरी सम्मानित सर्वोच्च अदालत काठमाडौंमा दर्ता भएको ०७६-RE-०१२८ नम्बरको मुद्दा विचारधीन रहेको अवस्थामा बरबहाना बनाई सेवाग्राहीलाई अप्ठेरोमा पारी आफ्नो अधिकार र ओहोदाले गर्नुपर्ने कार्य नगरी सेवाग्राहीको काम कार्यलाई सहज तरिकाबाट सेवा प्रदान गर्नुपर्नेमा उल्टै कार्यालयमा सरकारी कामको सिलसिलामा आउने सेवाग्राहीलाई परिवन्धमा पारी नियमानुसार हुने मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी घुस/रिसवत वापत माग गरेको रकम मध्ये रु. ५०,०००।– (पचास हजार) कम गरी दिने भनी रु. २,५०,०००।– (दुई लाख पचास हजार) माग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज आरोपी सुधिरकुमार खड्कालाई बिगो रु. २,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम हुने सजायमा सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन मागदावी लिइएको छ । 

साथै निजले उजुरी निवेदकको दाजु निवेदक विपक्षी नेपाल सरकार भएको सर्वोच्च अदालतमा दर्ता रहेको हाल बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको ०७६-RE-०१२८ नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई एकपटक मिति २०७६ साल असोज महिनाको अन्तिम तिर रु. ४,०००।– (चार हजार) र अर्को पटक मिति २०७६ साल कार्तिक महिनाको तिहार पर्व अगाडी रु. ५,०००।– (पाँच हजार) गरी जम्मा रु. ९,०००।– (नौ हजार) समेत घुस/रिसवत वापत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज आरोपित सुधिरकुमार खड्कालाई बिगो रु. ९,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस/रिसवत लिएको रकम रु. ९,०००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21