सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१९ गते ।
-------------------------------------------

सि.आर.भि. केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने प्रयोजनको लागि घुस/रिसवत रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार) घुस/रिसवत लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोकबाट मिति २०७६।०८।१८ गते उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download