त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाउपर आरोपपत्र दायर गरिएको ।



प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२२ गते ।
-------------------------------------------

          त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी सोही बास्तविक कभरपेजमा स्टिज लगाउने गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी निजहरु जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिकाहरु तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज कमलप्रसाद दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

          त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुर गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटकी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाइघाटकी परीक्षार्थी हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवाललाई परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकामा लेख्न लगाई परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु निजहरुबाट आफूले लिई कमलप्रसाद दाहाललाई दिई उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिनेदिलाउने कार्यमा मतियार भई निजले भष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरमा भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज तेजनारायण चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्नेलाई सरह सजाय हुन मागदाबी लिइएको छ ।

          साथै जानुका आलेमगर र हिरा कटुवालले परीक्षा केन्द्रमा एउटा उत्तरपुस्तिकामा लेखी पुन: सोही बिषयको उत्तरपुस्तिका परीक्षा केन्द्र भन्दा बाहिर लेखी एक आपसमा साटफेर गर्न/गराउन त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका तेजनारायण चौधरीलाई दिई निजले उक्त उत्तरपुस्तिकाहरु त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाललाई दिई निजले उत्तरपुस्तिकाहरु साटफेर गरी/गराई परीक्षाको परिणाममा फेरबदल गर्ने कार्यमा मतियार भई निजहरु जानुका आलेमगर र हिरा कटुवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सोही ऐनको दफा १३ बमोजिमको कसुरको मतियार भई परीक्षाको परिणाम फेरबदल गर्न लगाई लाभ प्राप्त गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निजहरु जानुका आलेमगर र हिरा कटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा ऐ.ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कसुर गर्ने सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12