जिल्ला सप्तरी महादेवा गाँउपालिका-६ का वडा सचिब नायव सुब्बा नबोनाथ मिश्रा घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२४ गते ।
-------------------------------------------

जिल्ला सप्तरी महादेवा गाँउपालिका वडा नं.६ का वडा सचिब नायव सुब्बा नबोनाथ मिश्राले जन्मदर्ता प्रमाण-पत्र बनाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिश्वत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज नायव सुब्बा नबोनाथ मिश्रालाई रु.२,००,०००/- (दुई लाख) घुस वापतको रकम लिईसकेको अवस्थामा राजबिराज नगरपालिका वडा नं. २ तित्रीगाछीबाट उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download