जिल्ला सर्लाही, प्रहरी चौकी त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकम सहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२४ गते ।
-------------------------------------------

जिल्ला  सर्लाही, प्रहरी  चौकी त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र ऐ. प्रहरी चौकीका घुमुवा समेतमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादवले भारतीय सिमा नाकाबाट नेपाल तर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक राजेसकुमार सिंहले उक्त घुस/रिसवत रकम लिन प्रहरी जवान मनोज कुमार यादवलाई पठाएकोमा निज प्रहरी जवानलाई सेवाग्रहीबाट रू.५०,०००/-(पचास हजार) रकम लिदैंगर्दाको अवस्थामा जिल्ला  सर्लाही, ब्रह्मपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोडिङ स्कुलको प्रङ्गणबाट रंगेहात नियन्त्रणमा लिई प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई निजको कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download