डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन रु.२०,००,०००।– (बीस लाख) घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२५ गते ।
-------------------------------------------

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनले सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण सम्पन्न भएको कामको विवरण कम गरी घटाई बाँकी रनिङ बिलको भुक्तानीको लागि घुस/रिसवत रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरुलाई रु. २०,००,०००/- (बीस लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा जिल्ला काठमाडौं का.म.न.पा. १० स्थित रोयल अलिना बेकरी क्याफेबाट उक्त रकम सहित मिति २०७६।०८।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download