बिगो रू.१०,५६,९१,६०९।९१ सहित तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत ५ जना उपर आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२७ गते ।
--------------------------------------------
जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी वतन भै का.जि.का.म.न.पा ४ धुम्बराही बस्ने २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवा प्रवेश गरी हाल उपसचिवको रुपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजका जेठान नबिनकुमार गौली लगायतका आफन्तको नाममासमेत लुकाई राखेका छन् भन्ने विभिन्न मितिहरुमा आयोगमा पर्न आएका उजुरीहरुका सम्बन्धमा निज कृष्णबहादुर बस्नेतले सार्वजनिक सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्मको निजको समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बिमा समेतबाट जम्मा रू. १,७८,२०,९७५।८२ आय प्राप्त गरेको देखियो भने सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ हेर्दा जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको सांवा ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, शेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतिय उपकरण खरिद, बिमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दातसमेत गरी जम्मा रू. ३,१३,५९,७९३।७३ खर्च तथा लगानी गरेको देखिई सो अवधिमा निजको आय भन्दा व्यय रू. १,३५,३८,८१७।९१ अधिक देखिन आयो भने निज कृष्णबहादुर बस्नेतले आफु प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा बिभिन्न ब्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस रिसवत उठाई त्यस्ता गैरकानूनी रकमहरु बिभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान नबिनकुमार गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवं खाँदबारी स्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा रु ९,२१,५२,७९२।- जम्मा गर्न लगाएको देखियो । त्यसरी जम्मा गरिएका कतिपय रकमहरु कृष्णबहादुर बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र सम्पत्ति शुद्धिकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत समेत नबिनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको समेत पाईयो । कृष्णबहादुर बस्नेतले जेठान नबिनकुमार गौलीको नाममा जग्गा जमिन खरिद गरी बकसको रुपमा फिर्ता लिने गरेको समेत देखियो भने कृष्णबहादुर बस्नेतले नबिनकुमार गौलीले प्राप्त गर्ने गरी पठाएको रकमहरु नबिनकुमार गौलीले खाँदबारीबाटै झिकी जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेको देखिन आयो । साथै नबिनकुमार गौलीले कृष्णबहादुर बस्नेत बिराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अबधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १०० रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, निजको नामबाट अर्बिट इनर्जी प्रा.लि. मा २ करोडभन्दा बढी लगानी गरेको देखियो भने यसरी गरीएको लगानी रकम नबिनकुमार गौलीको ऋण, कृषी आय, जग्गा बिक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाबिक रुपमा बढी देखियो । यसरी समग्र जाँच अवधिमा कृष्णबहादुर बस्नेतको आफ्नै श्रोत नपुगेको रकम र जेठान नबिनकुमार गौलीको नाममा पठाएको श्रोत नखुलेको रकम समेत गरी जम्मा रु. १०,५६,९१,६०९।९१ खर्च तथा लगानीको श्रोत नखुलेको देखिँदा कृष्णबहादुर बस्नेतले गैरकानूनी रुपमा रू.  १०,५६,९१,६०९।९१ (दश करोड छपन्न लाख एकानब्बे हजार छ सय नौ रुपैंया र पैसा एकानब्बे) बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी निजले आफूले आर्जन गरेको गैरकानूनी सम्पत्ति आफ्ना जेठान नबिनकुमार गौली लगायतको नाममा लुकाई छिपाई राखेको देखिई निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर अपराध गरेको पुष्टि हुन आएको र निज एवं गैरकानूनी सम्पत्ति व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न रही मतियारको भुमिका निर्वाह गर्ने नबिनकुमार गौलीका साथै गैरकानूनी आर्जनको सम्पत्ति लुकाई छिपाई राख्ने कार्यमा संलग्न देहायका प्रतिबादीहरुको हकमा देहाय बमोजिमको सजायको मागदाबी लिई आरोपपत्र दायर गरीएको । 
अ. कृष्णबहादुर बस्नेतको हकमा
निज कृष्णबहादुर बस्नेतले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी रुपमा आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तरयापन गरेको देखिएकोले निज कृष्णबहादुर बस्नेतले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज कृष्णबहादुर बस्नेतलाई बिगो रु.  १०,५६,९१,६०९।९१ (दश करोड छपन्न लाख एकानब्बे हजार छ सय नौ रूपैयाँ र पैसा एकानब्बे) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३, दफा १६ ग. तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको चल अचल सम्पत्तिहरु साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग. तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम जफत हुन मागदाबी लिइएको ।
आ. कृष्णबहादुर बस्नेतको जेठान नबिनकुमार गौलीको हकमा 
कृष्णबहादुर बस्नेतले आफू सार्वजनिक पदमा बहाल रहँदा गैरकानूनी रुपमा आर्जन गरेको रकम आफ्ना जेठान नबिनकुमार गौली एवं निजको परिवारका अन्य सदस्यहरुको नाममा रहेका विभिन्न बैंक खाताहरुमा जम्मा गरेको देखियो भने निज नबिनकुमार गौलीले कृष्णबहादुर बस्नेतको गैरकानूनी सम्पत्ति प्रयोग तथा ब्यबस्थापन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको रुपमा सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको देखिँदा निजको हकमा बिगो जम्मा रु ९,२१,५२,७९२।- (नौ करोड एक्काइस लाख बाउन्न हजार सात सय बयानब्बे मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुल प्रतिबादीलाई भएसरह सजाय हुन मागदावी लिईएको ।
इ. कृष्णबहादुर बस्नेतकी श्रीमती सबिता गौली बस्नेतको हकमा 
कृष्णबहादुर बस्नेतले आफु सार्वजनिक पदमा बहाल रहँदा गैरकानूनी रुपमा आर्जन गरेको आयबाट श्रीमती सबिता गौली बस्नेतको नाममा समेत श्रोत नखुलेको घरजग्गा लगायत चल अचल सम्पत्तिहरु राखेको पाइएकोले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग. तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम निजको नाममा रहेको चल अचल सम्पत्तिहरु जफत गर्ने प्रयोजनको लागि मात्र सबिता गौली बस्नेतलाई प्रतिबादी कायम गरी मुद्दा दायर गरिएको ।
ई. नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीको हकमा
कृष्णबहादुर बस्नेतले आफूले आर्जन गरेको श्रोत नखुलेको रकम नबिनकुमार गौलीले प्राप्त गर्ने गरी सकुन्तला गौली र शुलभ गौलीको नाममा रहेको बैंक खाताहरुमा समेत पठाउने गरेको र निजहरुको नाममा चल अचल सम्पत्ति खरिद गरिएको र होटल व्यवसाय समेतमा लगानी गरेको पाइएको हुँदा अन्य आरोपीहरुबाट बिगो असुलउपर हुन नसकेमा सकुन्तला गौली र शुलभ गौलीको नाममा रहेका चल अचल सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत गर्ने प्रयोजनको लागि सकुन्तला गौली र शुलभ गौलीसमेतलाई प्रतिबादी कायम गरी मुद्दा दायर गरीएको ।


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

 

Download
  

Other Press Release

श्री जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चुडामणी पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/29
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18