राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिन खोज्दा हाल जिल्ला स्याङजा वालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेली नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०२ गते ।
-------------------------------------------

जिल्ला रुपन्देही, बसन्तपुर गाउँपालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला स्याङजा बालिङ नगरपालिका वडा नं. ८ बस्ने जहरुदिन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङजाका कार्यालय प्रमुख प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा कामकाज गरी बसिरहेको अवस्थामा कार्यक्षमा आई गोरु व्यापार गर्न सहयोग गर्नुपर्‍यो भन्दै रु.१५,०००।–(पन्ध्र हजार) दिएकोमा तत्काल निज जहरुदिन तेलीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय वालिङ स्याङजाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download