राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिन खोज्दा जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठ नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०३ गते ।
-------------------------------------------

मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना भएको सम्बन्धमा चालकको अनुमति पत्र नभएकोले निजको बदलामा सवारी चालक अनुमति पत्र प्राप्त गरेको अर्कै व्यक्तिको नाम राखी पीडित पक्षसँग मिलापत्र गराई औषधि उपचारको हकमा बिमा दाबीको लागि सिफारिस गरी पाउँ भनी मोटरसाइकल पक्षबाट जिल्ला सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई रु १०,०००।– (दश हजार) घुस/रिसवत दिन खोजेकोले तत्काल निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download