जिल्ला नवलपरासी रामग्राम न.पा. वडा नं.१८ का वडा अध्य‌‌क्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादव नियन्त्रणमा ।



प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०४ गते ।
-------------------------------------------

जिल्ला नवलपरासी रामग्राम न.पा. वडा नं.१८ का वडा अध्य‌‌क्ष गोपाल डिस्वा मगरले सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधी उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसमेतको मिलेमतोमा निज वडा अध्यक्षले बिना रसिद रु. २,००,०००।– (दुई लाख) लिएको र रसिद माग गर्दासमेत नदिएको भन्ने उजुरी निवेदन तथा संकलित प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले मिति २०७६।०९।०३ गते वडा अध्यक्ष गोपाल डिस्वा मगरलाई रामग्राम न.पा. वडा नं.१८ स्थित, होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास रविन्द्रप्रसाद यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download