जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी. रु.३०,०००।– घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१० गते ।
-------------------------------------------

जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना/बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले लेखा शाखामा कार्यरत लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले घुस/रिसवत वापतको रकम रु. ३०,०००/- (तीस हजार) लिइसकेको अवस्थामा सोही कार्यालय परिसरबाट मिति २०७६।०९।०९ गते उक्त रकमसहित दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download