राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिन खोज्दा जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुन नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१२ गते ।
-------------------------------------------

जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडी चेकजाँचका क्रममा वीरगन्जबाट हेटौडातर्फ जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात सो सामानहरू छुटाइदिनका साथै आगामी दिनमा सहजीकरण गरिदिने भनी जिल्ला पर्सा, बीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयाकी अम्बेया खातुनले ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराका प्रहरी कर्मचारीलाई घुस/रिसवत बापत रू. २८,०००/-(अठ्ठाइस हजार) दिन खोज्दा तत्काल निज अम्बेया खातुनलाई मिति २०७६।०९।११ गते नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, जीतपुर, बाराको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download