निलम्बनमा परेका उप-सचिव खगेन्द्रप्रसाद रिजाल थप अनुसन्धानको लागि नियन्त्रणमा।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१५ गते ।
---------------------------------------------------

जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकोमा आज मिति २०७६।०९।१५ गते निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release