मालपोत कार्यालय कन्चनपुरकी खरिदार ललिता रोकाया रु.१,५०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१५ गते ।
-------------------------------------------------------

जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी आलटाल तथा ढिलासुस्ती गरी उक्त काम गरिदिए वापत घुस रकम माग गरी दु:ख हैरानी दिएको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले निज खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट रु. १,५०,०००।- (एक लाख पचास हजार) घुस/रिसवत लिएको अवस्थामा सोही कार्यालयको उत्तरपट्टी रहेको पारस डेरीबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release