कैलाली जिल्ला सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह रु.१,६०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२१ गते ।
--------------------------------------------

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापाले उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जे.सि.भी. र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जे.सि.भी. र टेक्टर छोडन भनी सेवाग्राहीबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई रु. १,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download