जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवउपर आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते ।
-------------------------------------------
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज सरोजकुमार यादवलाई रु.१५,०००/-(पन्ध्र हजार) माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीसँग मदिरा बिक्री वितरण गर्ने कार्यमा सहज गरिदिन्छु भनी घुस/रिसवत माग गरेको खुल्न आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधको उद्योग गरेको देखिंदा निजलाई बिगो रु. १५,०००।– (पन्ध्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet