भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट-सुस्ता पश्चिम)का खरिदार नेत्र बहादुर चौधरी रु.४०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२३ गते । 
-------------------------------------------- 
भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट-सुस्ता पश्चिम)का खरिदार नेत्र बहादुर चौधरीले मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि विभिन्न वहाना बनाई सेवाग्राहीसँग पटक पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज नेत्र बहादुर चौधरीलाई रु.४०,०००/- (चालीस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download