जिल्ला बारा, साविक कलैया नगरपालिका ७ मा रहेको श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनरपति कुमारी यादवउपर बिगो रु. १२,२६,४६९/२६ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२७ गते ।
-------------------------------------------

जिल्ला बारा, साविक कलैया नगरपालिका ७ मा रहेको श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनरपति कुमारी यादवले शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले विद्यालयको आर्थिक कारोवार गर्दा झुठ्ठा बिल भरपाई बनाउने, दोहोरो बिल भरपाई बनाउने र श्रेस्ता कागजात लगायतका बहिखाताहरुसमेत नष्ट गरी विद्यालयको सरकारी रकम रु. १२,२६,४६९/२६ (बाह्र लाख छब्बीस हजार चार सय उनान्सत्तरी पैसा छब्बीस) खाईमासी हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको देखिंदा निज तत्कालीन प्रधानाध्यापक सुनरपति कुमारी यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १२ बमोजिमको कसुर गरेकोले निजलाई बिगो रु. १२,२६,४६९/२६ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको रकमसमेत निजबाट असुलउपर तथा श्रेस्ता कागजातहरु नष्ट गरेबापत ऐनको दफा १२ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10