महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।२९ गते ।
--------------------------------------------

कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्काले डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी  लाइसन्स राखी कुनै चिट नदिई मिलाउनुस भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज लोग बहादुर खड्कालाई सेवाग्राहीबाट रु.२,०००/- (दुई हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release