जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीउपर बिगो रु. २,१६,५००।– कायम गरी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०१ गते ।
---------------------------------------------------

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायतको मिलेमतोमा वन हेरालुलाई पारिश्रमिक बापत रकम उपलब्ध गराउँदा नक्कली बिल भरपाई गरी रकम हिनामिना गरेको भन्ने उजुरी/निवेदनउपर अनुसन्धान हुँदा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, सुर्खेतमा रहेको चल्ती खातामा रहेको रकमबाट वन उपभोक्ता समूहमा अध्यक्ष कहरसिंह नेपालीले उक्त सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुँदा बिभिन्न व्यक्तिहरुले रकम बुझेको नक्कली बिल भरपाई बनाई आफैले सो रकम लिएको/हिनामिना गरेको पुष्टि हुन आएकोले निजले नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले जम्मा रु. २,१६,५००।– (दुई लाख सोह्र हजार पाँच सय) सरकारी रकम आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरेको पुष्टि हुन आएबाट निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा निज कहरसिंह नेपालीलाई बिगो रु. २,१६,५००।– कायम गरी सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10