सैनामैना सव-डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०८ गते ।
--------------------------------------------

सैनामैना सव-डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत पुष्पराज श्रेष्ठलाई सेवाग्राहीबाट रु.५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित नयाँगाउँबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release