इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०८ गते ।
--------------------------------------------

इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवले सेवाग्राहीसँग घरमा प्रयोग गरिने नुन, तेल र चिनी लगायतका सामानहरु नेपाल-भारत सिमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज राजकुमार यादवलाई सेवाग्राहीबाट रु.५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सुखिपुर नगरपालिका वडा नं. १० स्थित दहिपौडीचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download