सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापा र सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०९ गते ।
---------------------------------------------------

सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज शशित नारायण विश्वासलाई सेवाग्राहीबाट रु. ५,५००।- (पाँच हजार पाँच सय) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत शशित नारायण विश्वासले सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट नेपालमा ल्याइने प्याज ओसारपोसारको काम सहज गरिदिने भनी रकमको वार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक घुस/रिसवत दिन बाध्य पारी सोबापत सशस्त्र प्रहरी निरीक्षकसमेतको लागि घुस/रिसवत लिई साथै सशस्त्र प्रहरी निरीक्षक अमृत थापाले सोही प्रयोजनमा आफ्नो र शशित नारायण विश्वासको लागि रकम वार्गेनिङ गरी शशित नारायण विश्वासमार्फत उक्त रकम लिन मञ्जुर गरेको व्यहोरा पुष्टि हुन आई निजहरु अमृत थापा र शशित नारायण विश्वासले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा बिगो रु. ५,५००।–(पाँच हजार पाँच सय) कायम गरी निजहरु अमृत थापा र शशित नारायण विश्वासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10