का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसमेत २ जना रु. २५,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१० गते ।
--------------------------------------------
का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग रु.२५,०००।–(पचीस हजार) घुस/रिसवत बापतको रकम लिदैं गर्दाको अवस्थामा का.म.न.पा. वडा नं. १४ स्थित गुडफुड तन्दुरी अगाडीबाट उक्त रकमसहित मिति २०७६।१०।०९ गते रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download