राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारी घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१० गते ।
--------------------------------------------

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव-इन्जिनियर (करार) प्रकाश तिवारीले भुकम्प पिडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज प्रकाश तिवारीलाई सेवाग्राहीसँग रु.६,०००।–(छ हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा भोजपुर नगरपालिका वडा नं. ७ स्थित प्रधान होटलबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

 

Download