जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर के.सी.समेत २ जना रु.८,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।११ गते ।
--------------------------------------------

जुनीचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर के.सी. ले सोही गाउँपालिकाको वडा नं. ५ मा बिभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले निज कृष्ण बहादुर के.सी. र निजसँगै रहेका चन्द्र बहादुर बस्नेत समेतलाई रु.८,००,०००।- (आठ लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका वडा नं. ७ स्थित पुरानो मालपोत कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट उक्त रकमसहित दुवैजनालाई मिति २०७६।१०।१० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 
 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download