जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, बखरी, महोत्तरीमा कार्यरत रेन्जर (अधिकृतस्तर) राम अशिष यादव रु. १५,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१६ गते ।
--------------------------------------------
जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, बखरी, महोत्तरीमा कार्यरत रेन्जर (अधिकृतस्तर) राम अशिष यादवले जिल्ला महोत्तरी एकडारा गाउँपालिका वडा नं. २ को सिफारिससहित घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर नियन्त्रणमा लिई बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज राम अशिष यादवलाई सेवाग्राहीबाट रु. १५,०००।– (पन्ध्र हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download