महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का उपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१७ गते ।
---------------------------------------------------

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्काले डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी  लाइसन्स राखी कुनै चिट नदिई मिलाउनुस भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज लोग बहादुर खड्कालाई सेवाग्राहीबाट रु.२,०००/- (दुई हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी जवान लोग बहादुर खड्काले कोटेश्वर चोकमा डियुटीमा रहेको बखत मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र नियन्त्रणमा लिई गल्ती गरेको भए नियमानुसार राजस्व रसिद काटी पठाउनु पर्नेमा सो नगरी दु:ख हैरानी दिई घुस/रिसवत दिएपछि मात्र नियन्त्रणमा लिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता दिन पटक/पटक बार्गेनिङ गरी रु. २,०००।– (दुई हजार) घुस/रिसवत लिएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा निज प्रहरी जवान लोग बहादुर खड्काको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु. २,०००।– (दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10