काठमाडौं जिल्ला स्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडा नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२० गते ।
--------------------------------------------
काठमाडौं जिल्ला स्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेललाई सेवाग्राही दिपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घुस/रिसवत रु. १३,०००।– (तेह्र हजार) दिएको/लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उक्त रकमसहित कार्यालय परिसरबाट निजहरु दुबै जनालाई मिति २०७६।१०।१९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet