जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल उपर बिगो रु. ३५,०००।– कायम गरी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२० गते ।
---------------------------------------------------
जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी महिलासम्बन्धी केश लाग्छ, ९/१० बर्ष कारागार चलान गराउँछु भनी डरत्रास देखाई गालीगलौज गरी मोलाहिजा/बार्गेनिङ गरी सेवाग्राहीबाट रु. ३५,०००।–(पैतीस हजार) घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले निज खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिएकोले निजलाई बिगो रु. ३५,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन र बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet