जिल्ला तनहुँ, भानू नगरपालिका वडा नं. १३ का वडा सदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारी रू.७५,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२७ गते । 
-------------------------------------------- 
जिल्ला तनहुँ, भानू नगरपालिका वडा नं. १३ का वडा सदस्य कृष्ण बहादुर अधिकारी मार्फत भानू नगरपालिकामा कार्यरत इन्जिनियर सुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिश/कार्यसम्पन्न प्रतिवेदन बनाईदिएको समेत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निजहरू वडा सदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारीलाई रू.७५,०००/- (पचहत्तर हजार) लिइसकेको अबस्थामा उक्त रकमसहित भानू नगरपालिकाको कार्ययालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download