नेपाल विद्युत प्रधिकरण, विद्युत बितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर (८औं तह) शेर बहादुर सुनार र हलुका सवारी चालक टेक बहादुर खडका रू.७५,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०२ गते । 
-------------------------------------------- 
नेपाल विद्युत प्रधिकरण,  विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर (८औं तह) शेर बहादुर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज इन्जिनियर शेर बहादुर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएकोमा निजले सेवाग्राहीबाट रू.७५,०००/-(पचहत्तर हजार) घुस/रिसवत रकम लिई भागि गएकोमा पिछा गर्दै जाँदा कमलामाई नगरपालिका, वडा नं. ७, गैरी चौकबाट पानी ट्याङ्की जाने बाटोबाट रंगेहात नियन्त्रणमा लिईएको र इन्जिनियर शेर बहादुर सुनारलाई  निजकै कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download