जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहल, काठमाडौं मार्फत विपद ब्यवस्थापन विभाग का.म.न.पा काठमाडौंका सव-इन्जिनियर गणेश ठकुल्ला रू.२०,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते । 
-----------------------------------------------
जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहल, काठमाडौं मार्फत विपद ब्यवस्थापन विभाग का.म.न.पा काठमाडौंका सव-इन्जिनियर गणेश ठकुल्लाले घर भुकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसंग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज गणेश ठकुल्लालाई रु.२०,०००।- (बीस हजार) लिइसकेको अबस्थामा उक्त रकमसहित का.म.न.पा-११ स्थित जिल्ला समन्वय समितिको क्यान्टिनबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download