नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झाउपर सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०६ गते ।
---------------------------------------------------
गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट विद्यालयको लागि बिभिन्न शीर्षकमा प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाने माध्यमिक विद्यालय सिरानचोक गोरखाको लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रावृति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित बिद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको, शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत/निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई सरकारी सम्पत्ति बदनियतसाथ हिनामिना गरेको पुष्टि हुन आएकोले भ्रष्टाचारको कसुरमा संलग्न देहायका व्यक्तिउपर देहायबमोजिमको कसुरमा देहाय अनुसार मागदाबी लिइएको छ ।
 
(क) प्रधानाध्यापक शिवकुमार साहले विद्यालयको लागि प्राप्त भएको बिभिन्न शीर्षकको सरकारी अनुदानको रकम रु. ५,९५,४००।– (पाँच लाख पन्चानब्बे हजार चार सय) बदनियतसाथ गलत कागजात तयार गरी हानिनोक्सानी गरी खाए मासेको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज शिवकुमार साहलाई बिगो रु. ५,९५,४००।– कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकमसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।
 
(ख) शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी बदनियतसाथ झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको जम्मा रु. ३,५०,०००।– (तीन लाख पचास हजार) हिनामिना तथा हानिनोक्सानी गर्ने गराउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको तथ्य पुष्टि हुन आएको र निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कुसर भएकाले निज बिकास झालाई बिगो रु. ३,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12