जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियार नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१२ गते ।
--------------------------------------------

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिका कार्यक्षेत्र भएका सव-इन्जिनियर नवलेस कुमार रौनियारले सेवाग्राहीसँग घुस/रिसवत बापत रु. ४०,५००।– (चालीस हजार पाँच सय) लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download