जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवरसमेत ९ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१३ गते ।
-------------------------------------------------

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोक वहादुर चन्द समेतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आफैले खाईमासेको तथा लास ओसारेको भनी नक्कली विल भरपाईको रकमसमेत लाखौं खाएको भन्ने समेतको ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवर, लेखापाल प्र.ना.नि. माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरु प्र.ह. टंक बहादुर मल्ल एवं प्र.ज. सर्वराज खत्रीसमेतले मिलेमतो गरी कार्यालयमा निकासा भएको बजेटबाट प्रहरी कर्मचारीहरुको २०७१ भाद्र महिनादेखि आ.व. २०७२ को भाद्र महिनासम्मको तलब, स्थानीय भत्ता तथा राशन समेतको शीर्षकको तलबी भर्पाईको जोडजम्मा फरक पारी बढी निकालेको रु.१५,९२,२३८/१४ तथा जिल्ला प्रहरी कार्यालय हुम्लामा र अन्तर्गत कार्यरत नै नरहेका व्यक्ति ईश्वरी श्रीषको नामबाट राशन तथा स्थानीय भत्ता शीर्षकमा खर्च लेखी निकालेको देखिएको रु.४,०२,७९०/९२ समेत कुल जम्मा रु.१९,९५,०२९/०६ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी निकाली खाई मासेको देखिएबाट निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा हिनामिना गरी खाई मासेको देखिएको रु.१९,९५,०२९/०६ (अक्षरेपी उन्नाईस लाख पन्चानब्बे हजार उनन्तीस रुपैयाँ पैसा छ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम यी आरोपीहरूबाट बिगो असुल उपर हुन समेत मागदावी लिइएको छ। 

साथै कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालहरु भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निजभक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसूर गरेको हुँदा निज भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको छ।

यसैगरी महालेखापरीक्षकको कार्यालयको तर्फबाट लेखापरीक्षणको लागि डोर खटिएका निर्देशक प्रेम कुमार अधिकारी लेखापरीक्षण अधिकारीहरु छत्रनाथ शर्मा गैरे र संगिता फुयालले जिल्ला प्रहरी कार्यालयको उल्लेखित आर्थिक वर्षको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्ता समेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज प्रेम कुमार अधिकारी, छत्रनाथ शर्मा गैरे र संगिता फुयालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10