जिल्ला रुपन्देही समरिमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवण कुमार यादव नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१४ गते ।
--------------------------------------------
जिल्ला रुपन्देही समरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवण कुमार यादवले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि पटक पटक सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज श्रवण कुमार यादवलाई सेवाग्राहीसँग रु. ७०,०००।– (सत्तरी हजार) घुस/रिसवत लिइसकेको भन्ने सूचनाको आधारमा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download