उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव रु. १५,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१४ गते ।
--------------------------------------------
उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी सम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षिकरणमा सहजिकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रु. १५,०००।– (पन्ध्र हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बुटवल उप-महानगरपालिका वडा नं. ४ दरवारमार्ग स्थित भक्त चिया पसलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download