राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसमेत ८ जनाउपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१९ गते ।
-------------------------------------------------
 
राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौंका प्रबन्ध सञ्चालक धर्मराज अधिकारी, सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा निजको पक्षधर कर्मचारीहरुसमेतको मिलेमतोमा कम्पनीको बीउ खरिद तथा आ.व. २०७३/०७४ मा सिजन सिद्धिएपछि निजी बीउ व्यवसायीसँग मकै बीउ कम्पनीले खरिद गरी अनुदान कार्यक्रममा राख्न लागि परेको तथा अन्य विषयहरुसमेतमा व्यापक अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारी समेतको मिलेमतोमा कम्पनीको अनुदानमा कृषकहरुलाई उपलव्ध गराउने मकैको बीउ "कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०६८" अनुसार वितरण नगरी खरिद तथा बिक्री वितरण गरिएको झुठ्ठा कागजपत्र तयार गरी भ्रष्टाचार कार्यमा संलग्न देहायका राष्ट्रसेवक र सम्बन्धित मकैको बीउ सप्लायर्स कम्पनीका व्यक्तिहरुउपर देहायबमोजिमको कसुरमा कायम भएको बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिइएको छ ।
 
क. तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौंका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीको हकमाः 
कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०६८ अनुसार राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडले नेपाल सरकारको अनुदानमा बिक्री वितरण गर्नुपर्ने ११८.४६० (एकसय अठार दशमवल चार छ) मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी झुठ्ठा कागजपत्र बनाउने कार्यमा संलग्न रही त्यस्तो गलत कागजातहरुमा तोक आदेश गरी  भौचर सदर गर्ने र युनिक सिड कम्पनी प्रा.लि., धनगढी एवं बिजबृद्धि कम्पनी प्रा. लि., पिठुवा, चितवनलाई प्राप्त नै नभएको मकैको बीउको रकम भुक्तानीको चेकमा सही गरी भुक्तानी दिई सरकारी अनुदानको रकम हिनामिना गरेको स-प्रमाण पुष्टि हुन आएकोले राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गरेको देखाई नेपाल सरकारको अनुदान रकम रु.४६,१५,२०१।- (छयालीस लाख पन्ध्र हजार दुई सय एक) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिमको कसुर भएको स्थापित हुन आएकोले निजले हानिनोक्सानी गरेको बिगो रु.४६,१५,२०१।- कायम गरी निज धर्मराज अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय एवं दफा ९ बमोजिमसमेत सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानीनोक्सानी गरेको बिगो रकम निजबाट असुलउपर हुन तथा निज नेपाल सरकारबाट मनोनयन भई नियुक्त भएको तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर काठमाडौंका कार्यकारी प्रमुख (विशिष्ट श्रेणी) को पदमा रहेका राष्ट्रसेवक कर्मचारी भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।
 
ख. युनिक सिड कम्पनी प्रा.लि., धनगढी तथा कृषक सहयोग केन्द्र, धनगढी-१३, कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालको हकमाः
राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वर, काठमाडौंसँग गरेको खरिद बिक्री सम्झौता अनुसार बिक्री गर्नुपर्ने उन्नत जातको मकैको बीउ कम्पनीमा नबुझाई प्रबन्ध सञ्चालकसँग मिलेमतो गरी ९० (नब्बे) मेट्रिकटन मकैको बीउ बिक्री गरेको भनी झुठ्ठा बिलहरु बनाई भुक्तानी लिएको र विभिन्न जिल्लाहरुबाट सहकारी तथा जिल्ला कृषि विकास कार्यालयको पत्र झिकाई बिक्री गर्दै नगरेको मकैको बीउ सहकारी संस्थालाई बिक्री गरेको भनी झुठ्ठा बिक्री विल बनाउन सहयोग गरी सहकारीले बुझाउनुपर्ने रकम आफ्नो कम्पनी तथा आफ्नो खातासमेतबाट कम्पनीको खातामा बुझाई ९० मेट्रिकटनमा नेपाल सरकारको अनुदान रकम रु.३५,०६,४००।- (पैतीस लाख छ हजार चार सय) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएको स्थापित हुन आएकोले निज अध्यक्ष लक्ष्मीकान्त ढकाललाई हानिनोक्सानी गरेको बिगो रु. ३५,०६,४००।- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानीनोक्सानी गरेको बिगो रकम सोही दफा ८ को उपदफा (४) बमोजिम निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ ।
 
ग. बिजबृद्धि कम्पनी प्रा.लि., पिठुवा (रत्ननगर-१५), चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीको हकमाः
राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड केन्द्रीय कार्यालय कुलेश्वर, काठमाडौंसँग गरेको खरिद बिक्री सम्झौता अनुसार बिक्री गर्नुपर्ने उन्नत जातको मकैको बीउ कम्पनीमा नबुझाई २८.४६० (अठ्ठाइस दशमलव चार छ जिरो) मेट्रिकटन मकैको बीउ प्रबन्ध सञ्चालकसँग मिलेमतोमा बिक्री गरेको मकैको बीउ कहाँ कुन कार्यालयलाई बुझाएको थाहा नभई झुठ्ठा बिलहरु बनाई भुक्तानी लिएको र उक्त परिमाणको मकैको बीउको सहकारी संस्थाले बुझाउनुपर्ने रकम ने.बै.लि. रत्ननगर, चितवन र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कालिमाटी शाखाबाट बुझाउन लगाई नेपाल सरकारको हुने अनुदान रकम रु.११,०८,८०१।६० (एघार लाख आठ हजार आठ सय एक पैसा साठी) मध्ये साठी पैसा बुझाई सकेको देखिँदा खुद रकम रु.११,०८,८०१।- हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएको स्थापित हुन आएकोले निज प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीले नोक्सानी गरेको बिगो रु.११,०८,८०१।- (एघार लाख आठ हजार आठ सय एक) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी हानीनोक्सानी गरेको रकम सोही दफा ८ को उपदफा (४) बमोजिम निजबाट असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ ।
 
घ. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वर, काठमाडौंका तत्कालीन का.मु. महाशाखा प्रमुख रेवती रमण ओझाको हकमाः 
कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि,  २०६८ अनुसार राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडले नेपाल सरकारको अनुदानमा बिक्री वितरण गर्नुपर्ने उन्नत जातको ११८.४६० (एकसय अठार दशमवल चार छ जिरो) मेट्रिकटन मकैको बीउ खरिद नै नगरी मिति २०७४/०२/०३ गते र मिति २०७४/०२/२५ गते भुक्तानी दिन गलत पत्र तयार गरी पत्राचार गरेको, कार्यालयमा माल प्राप्त नभएको अवस्थामा मालप्राप्ति कागजातमा सही गर्ने तथा विभिन्न सात जिल्लाका कृषि सहकारी संस्थाहरुलाई मकैको बीउ बिक्री नै नगरेको अवस्थामा पनि झुट्टा बिक्री बिल काटी नभए नगरिएको कार्यलाई भए गरेको देखाउने कार्यसमेत गरी निजको सो कार्यबाट नेपाल सरकारको  राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गर्दा रु.४६,१५,२०१।- (छयालीस लाख पन्ध्र हजार दुई सय एक) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ एवं दफा १७ बमोजिमको कसुर भएको प्रमाणित हुन आएकोले निजले हानिनोक्सानी गरेको बिगो रु.४६,१५,२०१।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजायका साथै दफा ९ बमोजिमसमेत सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानीनोक्सानी गरेको बिगो रकम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
ङ. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वरका तत्कालीन आर्थिक महाशाखा प्रमुख महेश कुमार पौडेलको हकमाः
मकैको बीउ खरिद बिक्री नै नभएको अवस्थामा सोको भुक्तानी गर्ने गलत चेक तयार गरेको मकैको बीउ खरिद पछाडिको मिति र सहकारीलाई बिक्री गरिएको भनिएको मिति अगाडि गरिएको प्रष्ट हुँदाहुँदै आफ्नो कार्यमा गम्भिरता नदेखाई कागजातहरु चेकजाँच नगरी भुक्तानीको भौचर तयार गरी गोदाममा बीउ प्राप्त नै नभएको अवस्था हुँदाहुँदै माल प्राप्ति मितिभन्दा पहिलेकै मितिमा ११८.४६० (एकसय अठार दशमवल चार छ जिरो) मेट्रिकटन मकैको बीउ बिक्री गरेको भन्ने झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतोबाट नेपाल सरकारको राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गर्दा रु.४६,१५,२०१।-(छयालीस लाख पन्ध्र हजार दुई सय एक) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिमकोसमेत कसुर भएको प्रमाणित हुन आएकोले निज महेश कुमार पौडेलले हानिनोक्सानी गरेको बिगो रु.४६,१५,२०१।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय एवं सोही ऐनको दफा ९ बमोजिमसमेत सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
च. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, काठमाडौंका आर्थिक महाशाखाका तत्कालीन शाखा अधिकृत बिन्दु थापाको हकमाः
निजले मकैको बीउको भुक्तानीका लागि उठाएको भौचरको चाज गर्ने महलमा सही गरी गोदाममा प्राप्त नै नभएको माल प्राप्ति मितिभन्दा पहिला कै मितिमा बिक्री वितरण गरेको झुठ्ठा कागजात भएको जान्दाजान्दै मकैको बीउ बिक्री गरेको झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतोबाट नेपाल सरकारको राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गर्दा रु.४६,१५,२०१।- (छयालीस लाख पन्ध्र हजार दुई सय एक) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमकोसमेत कसुर भएको प्रमाणित हुन आएकोले बिन्दु थापाले हानि नोक्सानी गरेको बिगो रु.४६,१५,२०१।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय एवं सोही ऐनको दफा ९ बमोजिमसमेत सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
छ. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वरमा तत्कालीन आर्थिक महाशाखामा कार्यरत बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठको हकमाः 
मकैको बीउको भुक्तानीका लागि उठाएको भौचर तयार गर्ने महलमा सही गरी गोदाममा प्राप्त नै नभएको माल प्राप्ति मितिभन्दा पहिलेकै मितिमा बिक्री वितरण गरेको झुठ्ठा कागजात भएको जान्दा जान्दै मकैको बीउ बिक्री गरेको झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतोबाट नेपाल सरकारको राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गर्दा रु.४६,१५,२०१।- (छ्यालीस लाख पन्ध्र हजार दुई सय एक) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमकोसमेत कसुर भएको प्रमाणित हुन आएकोले निज सुरेन्द्रमान श्रेष्ठले हानिनोक्सानी गरेको बिगो रु.४६,१५,२०१।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय एवं सोही ऐनको दफा ९ बमोजिमसमेत सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिइएको छ ।
 
ज. राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वरका बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झाको हकमाः 
मकैको बीउको भुक्तानीका लागि उठाएको भौचरबाट रकम भुक्तानी गर्दा माल प्राप्त रिपोर्टमा गोदामकिपरको स्थानमा सही गरी झुठ्ठा कागजात भएको र गोदाममा माल प्राप्त नभएको भनी जान्दा जान्दै मकैको बीउ बिक्री गरेको झुठ्ठा कागजपत्र तयार गरी सप्लायर्ससँगको मिलेमतोबाट नेपाल सरकारको राज्यको कोष दुरुपयोग गरी बीउ खरिद बिक्री वितरण गर्दा रु.४६,१५,२०१।- (छ्यालीस लाख पन्ध्र हजार दुई सय एक) हिनामिना गरी नेपाल सरकारलाई हानि पुर्‍याई आफूसमेतलाई लाभ लिने बदनियतबाट गरिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको स्थापित हुन आएकोले निज धर्मेन्द्र कुमार झाले हानिनोक्सानी गरेको बिगो रु.४६,१५,२०१।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय एवं सोही ऐनको दफा ९ बमोजिमसमेत सजाय गरी हानिनोक्सानी गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला
 
 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10