साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठ र खरिद इकाई प्रमुख खड्ग बहादुर ज्ञवाली उपर बिगो रु २,३८,९५६।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२० गते ।
-------------------------------------------------

साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, भैरहवामा प्रतिघण्टा १ मे.टन धान कुटान गर्ने राइस मिल जडान गर्ने र अन्य निर्माण काम गर्नुपर्नेमा सो नगरी संस्थानका महाप्रबन्धक देखि फाँटवाला कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठले नेपाल खाद्य संस्थान र एम.एन. इन्टरनेशनलबीच नेपाल खाद्य संस्थान शाखा कार्यालय भैरहवामा १ टन प्रतिघण्टा धान कुटानी गर्ने स्वचालित राइस मिल जडान गर्नको लागि मिति २०७२।०२।२८ मा भएको सम्झौतामा हस्ताक्षर गरेको, पटक-पटक गरी सम्झौताको म्याद थप गर्न निजले सदर गरेको, सम्झौताको अवधि तथा कार्य सम्पादन जमानतको अन्तिम म्याद रहेको अवधिसम्म निजनै रहेको देखिएकोले निजले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी सम्झौताको शर्त अनुसार कार्यसम्पादन जमानत धरौटी बापतको रु. २,३८,९५६।– रकम जफत नगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज शिवहरी श्रेष्ठलाई बिगो रु. २,३८,९५६।– कायम गरी भ्रष्टाचार निवारण एन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र हानिनोक्सानी भएको बिगो रकमसमेत असुलउपर हुन एवं निज महाप्रबन्धक पदमा कार्यरत रहेकोले निजलाई भ्रष्टाचार निवारण एन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।
साथै, खड्ग बहादुर ज्ञवालीले नेपाल  खाद्य संस्थान र एम.एन. इन्टरनेशनलबीच नेपाल खाद्य संस्थान शाखा कार्यालय भैरहवामा १ टन प्रतिघण्टा धान कुटानी गर्ने स्वचालित राइस मिल जडान गर्नको लागि मिति २०७२।०२।२८ मा भएको सम्झौता भई सकेपछि नेपाल खाद्य संस्थान, प्रधान कार्यालयको खरिद इकाई प्रमुखको रुपम रहेको कार्य सम्पादन जमानतबापतको रकम जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गर्नुपर्नेमा मिल सप्लायर्स एम.एन. इन्टरनेशनललाई कार्य सम्पादन जमानतको म्याद थप गर्न भनी पत्राचार गरेको देखिएकोले निजले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी सम्झौताको शर्त अनुसार कार्य सम्पादन जमानत धरौटी बापतको रकम जफत नगरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज खड्ग बहादुर ज्ञवालीलाई बिगो रु. २,३८,९५६।– कायम गरी भ्रष्टाचार निवारण एन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम समेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10