नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्की उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।११।२१ गते ।
-------------------------------------------------
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पद धारण गरिरहेकोले कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले मगध विश्वविद्यालय बोधगया भारतबाट B.COM. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्रहरु प्रमाणिकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएकोले निज उत्तम कार्कीले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर देखिएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet