श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया, महोत्तरीका अस्थायी शिक्षिका पवनदेवी यादव भन्ने पवन देवी उपर नक्कली (झुठ्ठा) अध्यापन अनुमति-पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२३ गते ।
-------------------------------------------------

श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया, महोत्तरीका शिक्षिका पवन देवीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई पेश गरी सोही आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज पवनदेवी यादव भन्ने पवन देवीले  मिति २०६७।०६।१३ देखि मिति २०७६।०२।०६ सम्म प्राथमिक तहको झुठ्ठा एवं नक्कली स्थायी अध्यापन अनुमति-पत्रको आधारमा नियुक्ति लिई श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया महोत्तरीमा प्राथमिक तहको अस्थायी राहत महिला शिक्षिकाको रुपमा अध्यापन गरी सरकारी सुविधा तथा लाभसमेत लिएको देखिंदा निजको निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिएको हुँदा निज पवन देवी यादव भन्ने पवन देवीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14