जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) रु. २,००,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।३० गते ।
-------------------------------------------

जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) ले ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज विश्वनाथ कुर्मी (चौधरी) लाई सेवाग्राहीसँग रु. २,००,०००।–(दुई लाख) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित महामाया प्रेस गौढीचोक, तौलिहवाबाट मिति २०७६।११।२९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download