नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहाल रू.२०,०००/- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०३ गते । 
-------------------------------------------- 
नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहालले नयाँ क्षमता बृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रकृया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भनि काममा आलटाल गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज सुपरभाईजर कैलाश प्रसाद दाहाललाई सेवाग्राहीसँग रू.२०,०००/- (बीस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release