Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

कोरोना भाइरस सँक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आयोगको तर्फबाट रकम जम्मा गर्ने सम्बन्धमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।१५ गते । 
-------------------------------------------- 
कोरोनाभाईरस (कोभिड-१९) को विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सँक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्याउन आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरे, माननीय आयुक्त डा. गणेशराज जोशी र माननीय आयुक्त डा. सावित्री थापा गुरुङ बाट आफ्नो शुरु तलव स्केलको १५ दिनको रकम नेपाल सरकारले स्थापना गरेको 'कोरोना भाइरस सँक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' मा जम्मा गर्ने निर्णय भएको छ तथा आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरुको हकमा नेपाल सकार सचिब वैठकको मिति २०७६ चैत्र ११ को निर्णय बमोजिम दिनको तलव रकम उक्त कोषमा जम्मा गरिने छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download Now
  

Other Press Release